2026-10-24 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाव जितीन्छ: देउवा

हरि हुमागाई/असार ८, हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाब जितीने दाबि गर्नु भएको छ । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले पार्टी एक भएर चुनाब लडेमा चुनाब जित्नका लागि समस्या नभएको बताउँनुभयो । अरुको भन्दा पनि हाम्रो आफ्नै कमी कमजोरीका कारण चुनाव हारेको बताउँदै सभापति देउवाले भन्नुभयो–चुनाब जसरीनै जित्छौ भनेर खाली काठमाण्डौ आएर चुनाबमा टिकट लगे तर चुनाव पनि जितेनन् ।

उनिहरुको बिस्वाश र दबाबका कारण चुनाब लड्का लागि टिक दिएको हो । तर उनिहरुले चुनाब हारे मैले के गर्नुत ?’ दबाब झेल्न नसकेका कारण पनि हार्नेले टिकट पाउँदा पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाई छ । चुनाब जित्नेलाई टिक दिन सकिएको भए अहिले आएको कांग्रेसको सिटमा २५ सिट जित्न सकिने आफुले आकलन गरेको उहाँको भनाई छ । अब पार्टीलाई जिताउने कुरामा मात्र हस्ताक्षप गर्ने नत्र जिल्ला सभापतिहरुलाई यो अधिकार दिने उहाँको दाबि छ । अबको समयमा आफ्नो पार्टीलाई भोट नहाल्ने र सूर्यलाई भोट हाल्ने प्रबृति त्यानका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

हरेक चुनाबको एउटा क्षेत्रमा एउटाले टिकट पाउने हो तर टिकट पाइएन भनेर आफ्नालाई भोट नहाल्ने प्रबृति त्याग्नका लागि आग्रह गर्नुभयो । पुर्ब प्रधानन्यायधिश शुसिला कार्कीले नराम्रो काम गरेपछी आफुले सहन नसकेर हस्तक्षप गरेको समेत उहाँले बताउनुभयो । अबको चुनाबमा बहुमतको पार्टी बनाउनका लागि सबैलाई लाग्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–अब दुई कम्युनिष्टको चेपुवामा परिएको छ । धेरै खालका चुनौती छ । तल वडादेखि माथी केन्द्र सम्म कम्युनिष्टको चुनौती छ । यो चुनौतीलाई सामना गरेर अगाढी बढौ । उनिहरु एक भएका छन् । झनै चुनौती पनि थपीएको छ । यसको सामना गरेर अगाढी बढ्नुको बिकल्प पनि त छैन ।’

काँग्रेसको प्रदेशको चुनाब गराउने तयारी थाल्छ –पौडेल

नेपाली काग्रशेका बरिष्ट नेता रामचन्द्र पौडेलले अब पार्टीको बिधान परिबर्तन गरेर काग्रेशको प्रदेश स्तरको चुनाब गरिने बताउनुभएको छ । चाँडैनै प्रदेशको अधिबेशन गरेर प्रदेशमा नयाँ नेतृत्व ल्याउने बताउनुभयो । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले आफ्नो पार्टी भित्र गुट पनि नभएको र अब पनि गुट नबनाउने बताउनुभयो । आफुले पार्टि भित्रको गुटबन्दीको अन्त्य गर्न खोजेको जिकीर गर्नुभयो । आफु जहिले पनि मध्यमार्गी बाटोमा हिडेको दाबि गर्दै पौडेलले भन्नुभयो–पार्टी एकताको पक्षमा म जहिले पनि उभिएको छु । पार्टी चलायनका लागि नेतृत्वलाई सल्लाह र सुझाब भने दिएर उहााकै आधारमा काम गरेर अगाढी पनि बढेकै छु । हरेक कमदममा सभापतिलाई सहयोग पनि गरेकै छु ।’

सभापति संग पार्टी भित्र काँधमा काँध मिलाएर अगाढी बढेको पौडेलको दाबि छ । पार्टीभित्र गुट नभएको र नगरेको बताउँदे गर्दा अर्को चुनाबलाई केन्द्रीत गरेर अब मेचि महाँकाली यात्रा गर्न लागिएको उहाँले घोषणा गर्न पनि भ्याउनुभयो । मेची महाँकाली यात्रा गरेर पार्टीलाई ससत्त बनाउने नाममा उहाँले अर्को पार्टी भित्रको चुनाबलाइृ केन्द्रीत गर्न खोजेको शेरबहादुर देउवा पक्षले आरोप लगाएका छन् । जिल्ला सभापतिहरुले दिएको सुझाबलाई बिधानको मस्यौदामा समेटिने पौडेलको दाबि छ । अब पार्टीलाई एकताबद्ध र बिधान बमोजिम चलाईने पनि उहाँले बताउनुभयो  ।

अब निर्बाचन समिति र बिधान समिति अगाढी बढाएर काम गरिने उहाँको भनाई छ । द्धवन्द्ध कालमा माओबादीले कब्जा गरेको सम्पतिलाई बैधानिकता दिने भनेर पहिलेको माओबादी हिडेकाले यसको सबैले भण्डाफोर गरिने उहाँले चेतावनी दिनुभयो । अहिलेको अबस्थामा कम्युनिष्टलाई उछिन्न्का लागि चुनौती रहेको बताउँदै उहाँले कम्युनिष्टले पक्षपात ढंगले शाषन गरेको बताउनुभयो । अब पार्टी एकताको पक्षमा रहेको र गुट उपगुटको पक्षमा नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने