2026-07-06 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाव जितीन्छ: देउवा

2018-06-22

हरि हुमागाई/असार ८, हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाब जितीने दाबि गर्नु भएको छ । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले पार्टी एक भएर चुनाब लडेमा चुनाब जित्नका लागि समस्या नभएको बताउँनुभयो । अरुको भन्दा पनि हाम्रो आफ्नै कमी कमजोरीका कारण चुनाव हारेको बताउँदै सभापति देउवाले भन्नुभयो–चुनाब जसरीनै जित्छौ भनेर खाली काठमाण्डौ आएर चुनाबमा टिकट लगे तर चुनाव पनि जितेनन् ।


उनिहरुको बिस्वाश र दबाबका कारण चुनाब लड्का लागि टिक दिएको हो । तर उनिहरुले चुनाब हारे मैले के गर्नुत ?’ दबाब झेल्न नसकेका कारण पनि हार्नेले टिकट पाउँदा पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाई छ । चुनाब जित्नेलाई टिक दिन सकिएको भए अहिले आएको कांग्रेसको सिटमा २५ सिट जित्न सकिने आफुले आकलन गरेको उहाँको भनाई छ । अब पार्टीलाई जिताउने कुरामा मात्र हस्ताक्षप गर्ने नत्र जिल्ला सभापतिहरुलाई यो अधिकार दिने उहाँको दाबि छ । अबको समयमा आफ्नो पार्टीलाई भोट नहाल्ने र सूर्यलाई भोट हाल्ने प्रबृति त्यानका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

हरेक चुनाबको एउटा क्षेत्रमा एउटाले टिकट पाउने हो तर टिकट पाइएन भनेर आफ्नालाई भोट नहाल्ने प्रबृति त्याग्नका लागि आग्रह गर्नुभयो । पुर्ब प्रधानन्यायधिश शुसिला कार्कीले नराम्रो काम गरेपछी आफुले सहन नसकेर हस्तक्षप गरेको समेत उहाँले बताउनुभयो । अबको चुनाबमा बहुमतको पार्टी बनाउनका लागि सबैलाई लाग्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–अब दुई कम्युनिष्टको चेपुवामा परिएको छ । धेरै खालका चुनौती छ । तल वडादेखि माथी केन्द्र सम्म कम्युनिष्टको चुनौती छ । यो चुनौतीलाई सामना गरेर अगाढी बढौ । उनिहरु एक भएका छन् । झनै चुनौती पनि थपीएको छ । यसको सामना गरेर अगाढी बढ्नुको बिकल्प पनि त छैन ।’

काँग्रेसको प्रदेशको चुनाब गराउने तयारी थाल्छ –पौडेल


नेपाली काग्रशेका बरिष्ट नेता रामचन्द्र पौडेलले अब पार्टीको बिधान परिबर्तन गरेर काग्रेशको प्रदेश स्तरको चुनाब गरिने बताउनुभएको छ । चाँडैनै प्रदेशको अधिबेशन गरेर प्रदेशमा नयाँ नेतृत्व ल्याउने बताउनुभयो । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले आफ्नो पार्टी भित्र गुट पनि नभएको र अब पनि गुट नबनाउने बताउनुभयो । आफुले पार्टि भित्रको गुटबन्दीको अन्त्य गर्न खोजेको जिकीर गर्नुभयो । आफु जहिले पनि मध्यमार्गी बाटोमा हिडेको दाबि गर्दै पौडेलले भन्नुभयो–पार्टी एकताको पक्षमा म जहिले पनि उभिएको छु । पार्टी चलायनका लागि नेतृत्वलाई सल्लाह र सुझाब भने दिएर उहााकै आधारमा काम गरेर अगाढी पनि बढेकै छु । हरेक कमदममा सभापतिलाई सहयोग पनि गरेकै छु ।’

सभापति संग पार्टी भित्र काँधमा काँध मिलाएर अगाढी बढेको पौडेलको दाबि छ । पार्टीभित्र गुट नभएको र नगरेको बताउँदे गर्दा अर्को चुनाबलाई केन्द्रीत गरेर अब मेचि महाँकाली यात्रा गर्न लागिएको उहाँले घोषणा गर्न पनि भ्याउनुभयो । मेची महाँकाली यात्रा गरेर पार्टीलाई ससत्त बनाउने नाममा उहाँले अर्को पार्टी भित्रको चुनाबलाइृ केन्द्रीत गर्न खोजेको शेरबहादुर देउवा पक्षले आरोप लगाएका छन् । जिल्ला सभापतिहरुले दिएको सुझाबलाई बिधानको मस्यौदामा समेटिने पौडेलको दाबि छ । अब पार्टीलाई एकताबद्ध र बिधान बमोजिम चलाईने पनि उहाँले बताउनुभयो  ।

अब निर्बाचन समिति र बिधान समिति अगाढी बढाएर काम गरिने उहाँको भनाई छ । द्धवन्द्ध कालमा माओबादीले कब्जा गरेको सम्पतिलाई बैधानिकता दिने भनेर पहिलेको माओबादी हिडेकाले यसको सबैले भण्डाफोर गरिने उहाँले चेतावनी दिनुभयो । अहिलेको अबस्थामा कम्युनिष्टलाई उछिन्न्का लागि चुनौती रहेको बताउँदै उहाँले कम्युनिष्टले पक्षपात ढंगले शाषन गरेको बताउनुभयो । अब पार्टी एकताको पक्षमा रहेको र गुट उपगुटको पक्षमा नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा