Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ को विनियोजन विधेयकमाथि छलफल सुरु

२०७५, १६ असार शनिबार ११:५०

असार १६, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिनुभयो । 

प्रदेश सरकारले गत असार १ गते आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमानित आय व्यय (बजेट) प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । 

छलफलमा सहभागी सदस्यले समानुपातिक र समन्यायिक विकास तथा गरिबी न्यूनीकरण गर्ने खालका आर्थिक प्याकेजलाई बजेटमा समावेश गर्नुपर्ने बताउँदै जननिर्वाचित सरकारले निष्पक्षता र पारदर्शीतामा जोड दिई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँहरुले मन्त्री पदमा बसेकाले आफ्नो जिल्लालाई केन्द्रविन्दुमा राखेर बजेट छुट्ट्याइएकोमा गुणासो गर्नुभयो । 

यसरी छलफलमा सहभागी हुने सदस्यहरुमा पशुपति चौंलागार्इं, गीता वाग्ले, रमेश पौडेल, विशाल खड्का, रिना गुरुङ, नारायणबहादुर सिलवाल, भीमसेन खत्री, कमलबहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाईं, डा राजाराम कार्की , प्रेमबहादुर थापा, योगेन्द्र संग्रौला, निमा लामा, सन्तबहादुर प्रजा, दिनेश मर्हजन, नरोत्तम वैद्य, छिरिङ दोजे्र्र लामा र प्रेमबहादुर पुलामी हुनुहुन्छ । 

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते विहान ११ बजे बस्नेछ । 

भोलिको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि र सहकारी तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत छलफल हुने कार्यक्रम रहेको प्रदेशसभाका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ