2026-07-06 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिप्लव समुहका चार जिल्ला तहका नेता गिरप्तार

नन्द बहादुर रोकाया | असार २२, मुगु | नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका चार जना जिल्ला स्तरिय नेतालाई प्रहरीले सदरमकाम गमगढीको तल्लो बजार बाट गिरप्तार गरेको छ । गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहको  सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक र बिप्लव समुहले गरेको आम सभामा प्रहरी र बिप्लव  समुहका कार्यकर्ता बिच झडप भएपछी प्रहरीले आज चार जनालाई गिरप्तार गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले कुनै खाले कार्यक्रम नगर्न भनि बिप्लव समुहका जिल्ला स्तरका नेतालाई अनौपचारीक रुपमा जानकारी दिएको भएपनी बिप्लव  समुहका कार्यकताले सदरमुकाम गमगढीको कृष्णा चौकमा आयोजना गरेको कार्यक्रम रोक्न खोज्दा प्रहरी र बिप्लव समुहका कार्यकर्ताले ढुङ्गा बर्षाएपछी प्रहरीले भिड नियन्तरण गर्न एक राउण्ड अप्सुर ग्यास फायर गरी लाठी चार्ज गरेको  जिल्ला प्रहरी कार्यालयका डिएस्पी भिम किरण बोकटीले जानकारी एिका छन । 

बिप्लव समुहका कार्यकर्ताले हानेको ढुङ्गा लागेर नेपाल प्रहरीका असई देबिन्द्र सिंह धामिको  बाँया पट्टिको टाउकोमा चोट लागेको छ । असई धामिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ उनको टाउकोमा छ वटा टाँका लागेको छ  ।बिप्लव समुहकै कार्यकर्ताले हानेको ढुङ्गा लागेर शस्त्र प्रहरीका हवल्दार सुर सिंहको छाँतिमा चोट लागेर उनको उपचार पनि जिल्ला अस्पतालमा भईरहेको प्रहरी जानकारी दिएको हो ।

प्रहरी र बिप्लव समुहका कार्यकर्ताको झडप पश्चात प्रहरीले सदरमुकाम गमगढीको तल्लो बजारको एक स्थानिय ब्यक्तिका घरबाट शुक्रबार दिउस नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका मुगु जिल्ला ईन्र्चान  ३९ बर्षिय रंग बिर परियार (संगम) ३८ बर्षिय जिल्ला सचिवालय सदस्य गणेश बहादुर सावत (अडिक) ३९ बर्षिय सचिवालय सदस्य धन मान सिंह बुढा र ३७ बर्षिय हुम्ला जिल्ला सक्रेटरी सर्पु रोकायालाई प्रहरी गिरप्तार गरेको छ । प्रहरीले  स्वतन्त्ररुपमा  सभा र प्रचार प्रशार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरी दमन गरेकाले आफना नेतालाई बिना शर्त रिहाई गर्नु पर्ने बिप्लव समुहका कार्यकर्ताले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयले कुनै खाले कार्यक्रम नगर्न भनि बिप्लव समुहका जिल्ला स्तरका नेतालाई अनौपचारीक रुपमा जानकारी दिएको र कार्यक्रम रोक्न गएका सुरक्षाकर्मिमाथी बिप्लव समुहका कार्यकर्ताले ढुङ्गा प्रहार  गरी घाईते बनाएपछी उनिहरुलाई गिरप्तार गरिएको र उनिहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीले बताएका छन ।

तश्विर: दान बहादुर बुढा | सास, मुगु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा