2026-08-31 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

साउन १, चितवन | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ । 

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उहाँले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक÷फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु ३० लाख र विदेशीले रु एक करोड ५० लाख पाउँदै आएका थिए । 

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पुर्याइएको समेत जानकारी दिनुभयो । अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउनेछ भन्दै उहाँले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गर्नुभयो । 

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गर्नुभयो । 

नेपालको सिमीकोट, पोखरा, काठमाडाँै र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उहाँले जानकारी दिनुभयो । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ ।” 

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उहाँले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा रु ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गर्नुभयो । 

“पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ”, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उहाँले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्को आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले पर्यटकीय बस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार हुने जस्तै गतिविधि सातै प्रदेशमा सञ्चालन हुन सके सरकारको समृद्धिको नारा सार्थक हुने बताउनुभयो । प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिनुभयो । 

पोखरा जगदम्बा ट्राभल्सद्वारा आजदेखि सञ्चालित उक्त बसमा मिनी बारसहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवासमेत उपलव्ध छ । प्रतियात्रु रु एक हजार ५०० टिकट रहेको उक्त एसी बसमा वाइफाइसमेत रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

यसअघि काठमाडौँ पोखरा सेवा दिँदै आएको कम्पनीले आगामी भदौ १ गतेदेखि पोखरा– लुम्बिनी समेत बससेवा शुरु गरिने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला