2026-09-19 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वर्तमान सरकारको गतिविधि सुधार गर्न तरुण दलको माग

चिसाङ शेर्पा | साउन ७, खोटाङ | नेपाल तरुण दल खोटाङले वर्तमान सरकारको अधिनायकवादी चरित्र र कामप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिकले शान्तीपुर्ण विरोध गर्न पाउने अधिकारलाई वर्तमान सरकारले तानाशाही रुपमा दमन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ज्ञापनपत्र जारी गरी वर्तमान सरकारको ध्यानाकर्षण गराएको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नेपाल तरुण दलका केन्द्रिय कार्य समितिका अध्यक्ष जितजंग वस्नेत लगायतका नेता माथिको प्रहरी दमन, सत्याग्रहमा संलग्न डाक्टर गोविन्द केसीलाई अपहरण शैलीमा काठमाण्डौ ल्याइनु, जुम्ला अस्पताल परिसरमै स्वास्थ्यकर्मी माथि हस्तक्षेप गरी अमानविय व्यवहार भएकोमा गम्भिर आपत्ति रहेको नेपाल तरुण दल खोटाङका अध्यक्ष भिषण राईले बताए ।

नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले वंगालादेशमा पढ्न गएका चेलीहरुको अस्मितामा लगाइएको लाञ्छनाले वर्तमान सरकारको नैतिकतामा प्रश्न चिन्ह उठेकाले त्यस्ता घट्ना तुरुन्त रोक्न बिज्ञप्तीमा उल्लेख छ । सरकारको पछिल्लो गतिविधिलाई तत्काल सुधार गरेर जनताका अधिकार स्थापित गर्ने दिशामा सरकार सकरात्मक भएर नलागे कडा आन्दोलनका कार्यक्रम लिएर तरुण दल प्रस्तुत हुने अध्यक्ष राईले बताए । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले, ‘संमृद्ध र सुमधुर खोटाङ बनाउन आग्रह गरे ।’ तरुण दलको गतिविधिले जनताले दुःख पाउने, जनजीविका र दैनिकीमा असर पर्ने किसिमका गतिविधि नहुन । त्यसतर्फ म राजनीतिक दललाई आग्रह गर्छु । उहाँले भन्नुभयो, “लोकतन्त्रले दिएको अधिकार प्रयोग गर्दा राज्यले सम्मान र सहयोग गर्छ । राज्यको प्रतिनिधिको रुपमा म ज्ञापनपत्र माथिल्लो निकायमा पठाउनेमा वचनबद्ध छु ।”  

तश्विरमा: प्रजिअ पौडेल समक्ष ज्ञापनपत्र बुझाउदै तरुण दल अध्यक्ष भिषण राई |  तस्विर: चिसाङ शेर्पा 

तरुण दल अध्यक्ष भिषण राईलाई तीन प्रश्न 

ज्ञापनपत्र बुझाउनु भएको छ । कतीको कार्यान्वयन होला ?

यो कार्यान्वयन हुनुपर्ने हो । यतिबेला म अनलाईन बसेर खबर अपडेटमा छैन । हाम्रो दोश्रो चरणको आन्दोलन सुरु भईसकेको छ । साथीहरुले देशब्यापी चक्काजाम थालिसकेको छ । र यो कार्यान्वयन हुनुपर्छ । खोटाङको हकमा पनि हामीले राखेको माग पुरा हुनुपर्छ ।

यदि नभएमा कस्तो एक्सन लिनुहुन्छ ?

केन्द्रले कस्तो ह्वीप जारी गर्छ । खोटाङ तरुण दल केन्द्रले ह्वीप गरे अनुसार सबै काम पुरा गर्नमा लाग्छ ।

देशभर कांग्रेसका भातृ संगठन वर्तमान सरकारको विरोध गरीरहेको थियो/छ । तपाईहरु त जिल्लामा ढिला आन्दोलनमा आउनु भयो नि किन ?

खोटाङ्गे तरुण दललाई मौसमले पनि साथ दिएन । किन भने यतिवेला बर्खाको समय छ । काम गर्ने माहोल पनि छैन । यो समय साथीहरु काम गरीरहनु भएको छ । हो, सोचेजस्तो काम गर्न सकिएको छैन । अब हामी निरन्तरता दिन्छौ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई