2026-08-29 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रधानमन्त्री ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरु गरे – पौडेल

साउन १५, अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।  । नेपाली कांग्रेस अर्घाखाँचीले वर्तमान सरकारको बिरोधमा  अयोजना गरेको बिरोध सभालाई सम्बोधन गदै    नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे , लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधामन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ति गर्न खोजेको दाबि गरे । 

देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारबाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ प्रधानमन्त्रीले देशलाई कम्बोडीया बनाउन लागेको उनको आरोप छ । उनले भने—‘ सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्न कार्यहरुले यस कुरालाई पुस्टी गरेको छ’ । आफ्नो सम्बोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे । 

सरकारले निशेधित क्षेत्र किन तोक्ने,जनता सडकमा आउदा प्रधानमन्त्रीलाइ रेल ल्याउन,ग्यासका चुला घरघरमा पुर्याउन,पानी जहाज ल्याउन कस्ले रोक्छ र ?,हिजो माओबादीलाइ जंगलमा बसेर आन्दोलन नगर,राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिले सरकारले गलत काम गर्दा जनता सडकमा जनता जान नपाउने ?प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अब गाली गरेर देश विकास नहुने बताए । प्रधानमन्त्रीले भोलीको कार्यक्रममा कांग्रेसलाइ के भनेर गाली गर्ने भनेर राती २ बजेसम्म नसुत्ने गरेको बताए । 

उनले ओलीलाइ जनताले कांग्रेसलाइ गाली गर्न मात्र प्रधानमन्त्री नबनाएको बताए । उनले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए।

बिरोध सभामा नेपाली कांग्रेसकी प्रदेश संसद तथा ५ नम्बर प्रदेशकी प्रमुख  सचेतक  निर्मला क्षेत्रीले सरकार यस्तै कठोर बन्दै गए नेपाली कांग्रेसले देशभरका कार्यकर्ता काठमाडौमा लगेएर  ओली सरकारको राजिनामा माग्ने बताउनु भयो । उहाँले नेपाली कांग्रेस अब बिकास निर्माण र चरममंहगी भष्टचारको बिषयमा आम नागरिकलाई सचेत बनाउन गाउँ जाने बताइन    सभामा  जिल्ला सभापति पुर्व सभापति कमल प्रसाद भुसाल ,उपसभापति शन्ता भण्डारी, नेपाल तरुण दलका  जिल्ला अध्यक्ष नारायण खडेका, क्षमा कार्की , नेपाल दलित संघका जिल्ला अध्यक्ष पृतम परियार लगायतले मनतब्य राख्नु भएको थियो । 

कार्यक्र बिष्णु खनाल मास्कानको सभापतित्व र जिल्ला सचिब छबिलाल पौडेलको संचालनमा सम्पन्न  भएको हो 

नेपाली कांग्रेस अर्घाखाँचील पार्टिमा राम्रो ओगदान गर्ने बिभिन्न आन्दोलनमा भएका घाइते , शहित परिवारका सदस्य गरि ५३ जनालाई सम्मान गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य , महाधिबेशन प्रतिनिधि, भातृसंगठनका प्रमुख तथा प्रतिनिधि क्रियाशिल सदस्य गरि  झन्डै ५ हजारको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो