2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ ।

प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन्। यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नामसमेत प्रदेश कार्यदलबाट सर्वसम्मत सिफारिस भइसकेको छ ।

पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ। पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ।

अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।

जिल्लामा रहेका नेतामध्ये कुनै सरकारी लाभमा नगएकामध्ये सबैभन्दा माथिल्लो तहका नेतालाई अध्यक्ष बनाउने कार्यविधिअनुसार जिल्ला अध्यक्षहरु सिफारिस गरिएको स्रोतले जनाएको छ । जसअनुसार दाङमा शिवकुमार आचार्यको नाममा सहमति भएको छ ।  उनि यसअघि एमाले प्रदेश कमिटी सदस्य थिए  ।

त्यस्तै प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालासिंह  काउत्छा र पाल्पामा राधाकृष्ण कँडेलले अध्यक्ष पाएका छन्। यी सबै पूर्वएमालेका नेता हुन्।

त्यस्तै पूर्वमाओवादीको तर्फबाट रुकुम पूर्वमा पुराना सैन्य कमाण्डर होमप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ । हिमाल उपमानबाट क्रियाशील उनि  रुकुम पूर्वको भूमे– ७ गुमान निवासी हुन  भने जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्म पुगेका नेता हून  ।

त्यस्तै रोल्पामा सुरेन्द्र थापा घर्तीले अध्यक्ष पाउने भएका छन । ध्रुव उपनामबाट क्रियाशील उनि  जनयुद्धकालमै जिल्ला सेक्रेटरी र पछिल्लो समय माओवादी केन्द्रको जिल्ला अध्यक्ष  थिए ।

त्यस्तै बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्ने निश्चित भएको छ ।

प्रदेश ५ र अन्तर्गतका जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा कति–कति रहने टुंगो लागेको छ । २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ ।

जिल्लागतरुपमा दाङमा पूर्व एमालेबाट ५५ र पूर्वमाओवादीबाट ४५ प्रतिशत, गुल्मीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, रुपन्देहीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४०, पाल्पामा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, प्युठानमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, बाँकेमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, नवलपरासीमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, कपिलबस्तुमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ तथा अर्घाखाँचीमा पूर्वएमाले ५५ र माओवादी ४५ प्रतिशत हिस्सा रहने एक कार्यदल सदस्यले जानकारी दिए ।

यसैगरी रोल्पामा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत, पूर्वी रुकुममा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत हिस्सा बाँड्न सहमत भएका छन् । बर्दियामा भने दुवैको बराबरी हिस्सा रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई