2026-10-18 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘सरकार पन्चायती भन्दापनि तानाशाही भयो’

भदौ २०, अर्घाखाँची | समाजवादको आस्वासन दिने सरकार पन्चायती भन्दापनि तानाशाही बनेको राष्ट्रिय जनमोर्चाले आरोप लगाएको छ । “संघियता चाहिदैन,कर बढाउन पाइदैन”भन्दै जनता र राष्ट्रको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले दमन गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकार प्रति यस्तो आरोप लगाएको हो ।

जनप्रतिनिधि नामका संघिय ब्यबस्थाका कर्मचारी पाल्न गरिएको कर बृद्धि फिर्ता हुनुपर्ने,संघियता खारेज हुनुपर्ने,बलत्कार,हत्या हिसां, भ्रष्ट्रचार, महगीं पूर्ण रुपमा नियन्त्रण हुनुपर्ने,सामाजिक बिकृतिमा लाग्ने ब्यक्ति वा समुहलाई कडा कार्बाही हुनुपर्ने जस्ता बिषयमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाको राष्ट्रिय कार्यक्रम अनुसार सोमबार सन्धिखर्कमा भएको मसाल जुलसको क्रममा प्रहरीले धरपकड गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले आक्रोस ब्यक्त गर्दै यस्तो आरोप लगाएका हुन् । 

पछिल्लो समय भइरहेको सबै खाले सामाजिक बिकृतिका बिरुद्ध र संघियता खारेजीको माग गर्दै अस्ति सोमबार सांझ मसाल जुलुस प्रदर्शन गरेको राष्ट्रिय जनमोर्चाले मंगलबार हिजो शान्ति बंगैचामा आयोजना गरेको बिरोध सभामा बोल्ने बक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्ष्यता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,सन्धिखर्क नगर अध्यक्ष पशुपति ढकाल,किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी. र महिला संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले मन्तव्य राख्दै नेपाली जनता समयमै सचेत भएर राष्ट्रियताको पक्षमा एक जुट हुन नसके देशको अस्थित्व गुम्ने खतरा रहेको दाबी गर्नुभएको छ ।

“संघियताको खारेजी,राष्ट्रियताको रक्षा”,भ्रष्टचारी र बलत्कारीलाई कार्बाही गर्नुपर्ने नारा सहित सयौंको संख्यामा सन्धिखर्क मसाल बजारबाट सुरु भएको जुलुस शान्ति बंगैचामा पुगेर बिरोध सभामा परिणत भएको थियो ।कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले समेत आफ्ना प्रस्तुती मार्फत आन्दोलनलाई उर्जा प्रदान गरेको थियो ।यसैबिच राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा निकालेको मसाल जुलुसमा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषध्यक्ष यमलाल पोख्रेललाई गिरफ्तार गर्नुको साथै प्रहरीले कमल भुसाल लगायत दर्जनौं नेता कार्यकताहरुमाथी लाठी प्रहार गरेको भन्दै मंगलबार हिजोको बिरोध सभामा नेताहरुले प्रशासनमाथी आक्रोस पोख्नमै अधिकाशं समय बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु