2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश एकको नामको बिषयमा छलफल, राजधानी ईटहरीलाई केन्द्रविन्दुमा राख्दा उपयुक्त

असोज २१, इटहरी (रासस) | नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । 

प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो । 

उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने तर्क एवं सान्दर्भिकता हुने जिकिर गर्नुभएको छ । 

प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसदहरू सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, तुलसीप्रसाद न्यौपाने, राजन राई, लिलम बस्नेत, वसन्तदेवी चौधरी, बीना राईलगायतको सहभागिता रहेको थियो । 

उक्त अवसरमा सांसदहरूले प्रदेशको नामसँगै प्रदेश नं. १ को राजधानी इटहरीलाई केन्द्रविन्दुमा राखेर निधो गर्दा उपयुक्त हुने तर्कसमेत अघि सारिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई