2026-09-19 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आउदो निर्वाचनमा कांग्रेस नम्बर एक पार्टी बन्छ: नेता कोइराला

चिसाङ शेर्पा | कार्तिक १३, खोटाङ | नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यवाण्ी नगरेको बताउदै कांग्रेसको भविष्य राम्रो भएको र त्यसका लागि एकताबद्ध भएर अघाडी बढेमा कांग्रेसलाई कोही कसैले छेक्न नसक्ने बताए ।

जिल्लाको जन्तेढुंगा गाउपालिका–५ चिसापानीमा निर्माण गरिएको जननायक विश्वेश्वर प्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण कार्यक्रमपछि सम्बोधनका क्रममा महामन्त्री एवम् डाक्टर कोइरालाले गिरिजाप्रसाद पनि आफ्नो छाया देखेर र्तसन्थे, छायाँ भनेको आफ्नै साथीहरु हो । नेपाली कांग्रेसभित्र पनि गुटबन्दी छ । त्यसलाई तत्काल झिक्न, फाल्न सकेर नेपाली कांग्रेस जुनदिन एक हुन्छ नि ? त्यो दिन नेपाली कांग्रेस यहाँको सत्तामा अवश्य जान्छ,जान्छ ।

१८ महिने वीपीको कार्यकालमा सानासाना सपना पनि राजा महेन्द्रले कु गरेर उल्टै जेलमा थुने । म उहाँको सुपुत्र भएको नाताले मेरो अबको सपना वीपीको अधुरो सपना पुरा गर्नु हो । उनले भने, ‘सुख र शान्तीका जीवन डाक्टरी पेशा छोडर राजनीति गर्न आएको छु ।’ दुखी जनतालाई कसरी सम्बोधन गर्ने, दुःखलाई कसरी सुखमा परिवर्तन गर्ने नै राजनीतिको मुख्य एजेण्डा भएकाले सवैलाई वीपीको सिद्धान्त अपनाउन आग्रह गरे । प्रतिपक्षको खिलापमा नवोली उनले कांग्रेसले ८४ हजार किलोमिटर सडक, एक मेडिकल कलेजबाट तीसवटा मेडिकल कलेज, यौटा बिश्वविद्धालयबाट १२÷१५ वटा बिश्वविद्धालय बनायो र विदेशमा युवाहरु पठाएर रेमिट्यान्सबाट राष्ट्रलाई धानेको ईतिहास स्मरण गराउदै आउदो निर्वाचनमा कांग्रेसले खोटाङ जिल्ला मात्रै हैन अधिराज्यभर कांग्रेस बिजयी हुने आश्वसन दिलाए ।

महामन्त्री कोइरालासँगै केन्द्रिय सदस्य प्रदिप पौडेल, नेपाल तरुण दलका केन्द्रिय कार्यावहाक अध्यक्ष उत्तम चापागाई जिल्लामा आएका थिए । चिसापानी बजारको बीचभागमा २०५४ सालमा बनेको वीपीको शालिक सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही समूह खम्बुवानले ०५८ सालमा भत्काईदिएको थियो । वीपीको शालिक भत्काईएको लामो समयपछि जन्तेढुंङगा गाउँपालिका कार्य समितिले पूनः शालिक निर्माण गरेको हो । यसअघि २०५४ सालमा वीपीको शालिकलाई  तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई