2026-10-05 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरबाट प्रदेश १ को लागि प्रदेश कमिटीमा को-को परे ? (नामावली सहित)

मंसिर १७, पाँचथर  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर १ सहित देशभरीको प्रदेश कमिटिको नाम सार्वजनिक गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।

प्रदेश १ को लागि प्रदेश कमिटीमा पाँचथरबाट को-को परे ?  

#साविक एमालेबाट 

१. राजकुमार भण्डारी पाँचथर सदस्य – प्रदेश संगठन कमिटी

२. कमल प्रसाद जवेगु पाँचथर सदस्य – प्रदेश संगठन कमिटी

३. विद्या राई पाँचथर सदस्य – प्रदेश संगठन कमिटी 

४. नरेन्द्र बस्नेत पाँचथर सदस्य – अञ्चल समन्वय कमिटी

५. उपेन्द्र दंगाल पाँचथर सदस्य – अञ्चल समन्वय कमिटी

#साविक माओवादी केन्द्रबाट 

६. हर्क नेम्बाब पाँचथर सदस्य– पोलिटब्युरो तथा जिल्ला इन्चार्ज 

७. सीता थेवे पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति

८. होम जगेवु पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला संयोजक

९. विशाल रसाइली पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

१०. अमरसिंह थापा पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

११. दिनेश लावती पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर