2026-09-19 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संविधानको ढाँचा अनुसार काङग्रेस विधान संशोधन हुनुपर्छ: नेता सिंह

मङ्सिर २८, विराटनगर | नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकर सम्मेलनमा उहांले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने बताउनुभयो । उहाँले काङ्ग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने भन्दै अगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने धारणा राख्नुभयो । 

नेता सिंहले सरकारमा काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको बताउँदै सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिन सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई