२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ : प्रम ओली

२०७५, १ पुष आईतवार ०९:४६

पुष १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिडिरहेको बताउनुभएको छ । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावशायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवाशायी संघ(आरपिएलए)को एकिकरणलाई  आज  पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 प्रधानमन्त्री ओलीले सफलता तर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताउनुभएको छ । “हामी अहिले असाधरण सफलताको विन्दुमा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ । ”

कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट,बहुमत प्रतिनिधीले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  “प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।”

 गणतन्त्र विरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट आन्दोलन ,नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।”

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिती  चयन  भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै