२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल जारी

२०७५, ४ पुष बुधबार ०८:५८

 पुस ४,काठमान्डौ (रासस) |  नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । 

बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलिमात्रै पेश हुनेछ । यसअघि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले उक्त प्रतिवेदन बैठकमा पेश हुनसकेको थिएन । 

बैठकको पाँचाँै दिनदेखि जारी बन्द सत्रमा आजसम्म करीब १५० महासमिति सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेको र हालसम्म ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सहभागीले पार्टीलाई राजनीतिक एकता कायम गरी सशक्त बनाउन, सरकारका गलत कामको निगरानी गर्न खरो ढङ्गले उपस्थिति जनाउन, काङ्ग्रेसले विगतमा गरेका कामको राम्रोसँग सम्पेषण गर्नुपर्ने, आम नागरिकलाई छुने गरी आगामी योजना र कार्यक्रम बनाउनुपर्नेलगायतका सुझाव दिनुभएको छ । 

काङ्ग्रेस शीर्ष नेताले मङ्गलबार राति विधान मस्यौदा प्रतिवेदनमा देखिएको विवादको टुङ्गो लगाउनु भएको हो । सहमतिअनुसार अब पार्टीमा कूल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुनेछन् । त्यस्तै एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ । 

बिहानदेखि शुरु भएको महासमिति बैठकपछि आज काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने र केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्ने उहाँले बताउनुभयो । पारित विधान मस्यौदा प्रतिवेदनको छपाई कार्य गरी बिहीबार मात्र महासमिति बैठकमा पेस हुनेछ । महासमिति बैठकले पारित गरेपछि मात्र विधान लागू हुनेछ । 

महासमिति बैठक गत मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयमा छलफल नसकिने भएपछि बैठक लम्बिएको र पुस ६ गतेसम्म जारी हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । शुरुआतदेखि आजसम्म सिंहदरबार मूल गेट नजिकको यगम्बर पार्टी प्यालेसमा भइरहेको महासमिति बैठक भोलिदेखि काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । 

काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभरबाट सुझाव सङ्कलन गरी मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्न मस्यौदा तयार गरेको थियो । 

काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै