२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

७ पुष २०७५, शनिबार ०५:४४

विमलबहादुर बिष्ट | पुस ७, डोटी | काठमाडाँैमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो । 

प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफनो घर नभएको भन्दै महीनैपिच्छे घर भाडावापतको रकम लिइरहेका हुन् । यसरी राजधानीमै घर भएर पनि घर भाडा लिने सांसदमा कैलाली क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित काङ्ग्रेस सांसद डिल्लीराज पन्त, काङ्ग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नं ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली काङ्ग्रेसका सांसद दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित सांसद काङ्ग्रेस सांसद भरतबहादुर खड्का र कञ्चनपुरबाट समानुपातिक सांसद बनेका काङ्ग्रेस नेता देवराज पाठक रहेको बताइएको छ । 

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घर भाडावापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घर भाडावापत रकम लिएको भन्ने सुन्नमा आएको र आफूलाई सो विषयमा आधिकारिक जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी घर भएकाले घर भाडा बुझ्दैछन् भन्ने हल्ला सुनेको छु, अरु मलाई थाहा भएन ।” घर भाडावापत विपक्षी दलका नेताले रु २० हजार, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले रु १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले रु १८ हजार र सांसदले रु १७ हजारका दरले मासिक रुपमा पाउने प्रावधान छ । त्यस्तै सांसदलाई फर्निचर खर्चवापत एकमुष्ट रु एक÷एक लाख दिने प्रावधानअनुसार सबै सांसदले सो रकमसमेत लिइसकेको बताइएको छ । संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घर भाडाको रकम उपलब्ध गराइएको सचिवालयका सचिव बलराम शर्माले बताउनुभयो । 

“ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुुभएको छ”, उहाँले भन्नुभयो, “मेरो घर धनगढीमै छ म लिन्न भनेर कसैले पनि भन्नुभएको छैन ।” सांसद सचिवालयका पदाधिकारीको सेवा सुविधा तथा तलबभत्तामा मात्रै मङ्सिरसम्म रु तीन करोड ८६ लाख ३८ हजार ६१२ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताउनुभयो । उहाँले धारा र बिजुलीका लागि रु दुई हजार, सञ्चार सुविधावापत रु तीन हजार सबै सांसदले लिने गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट