2026-10-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ: अध्यक्ष दाहाल

पुष १०, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । 

भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो । 

चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उहाँले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको बताउनुभयो । गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

दाहालले भन्नुभयो, “देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उहाँले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताउनुभयो । दाहालले थप्नुभयो, “अहिले देशमा संविधान जारी भएर बलियो सरकार बनेपछि अब विस्तारै सकारात्मक वातावरण बनेको छ । समृद्धिको यात्रामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।” 

उहाँले चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिने बताउनुभयो । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताउनुभयो । 

चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उहाँले भन्नुभयो, “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।” 

जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै जिल्लाले सिङ्गै देश विकासको नमुना प्रस्तुत गर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमकुमार श्रेष्ठ, प्राचार्य दुर्गाप्रसाद सापकोटालगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ