2026-08-25 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कुटाकुटबीच नेविसङ्घको जिल्ला अधिवेशन शुरु

माघ ७, ओखलढुङ्गा (रासस) | नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो । 

आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आशन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आशनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो । 

विवादकैबीच नेविसङ्घका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम शुरु गर्न निर्देशन दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम शुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाए । 

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारवाहीका लागि सिफारिश गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन । 

नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो । सो क्रममा ओखलढुङ्गा काङ्ग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता कार्यकर्ता कुटिएका छन् । कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसङ्घ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा चस्मा फुटेको छ । 

त्यस्तै नेत्री गोमा केशीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरीलाई गुहारिन् । कार्यक्रम स्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता, कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो । 

दाहाल अस्पताल भर्ना 

कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको काङ्ग्रेस नेता लीलाबल्लभ दाहालले बताउनुभयो । “शहीदका पुत्र काङ्ग्रेसको इतिहास बोकेको मान्छे कुटिनुभयो, उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ”, दाहालले भन्नुभयो । 

जिल्ला अधिवेशन जारी 

केन्द्रीय प्रतिनिधि र असन्तुष्ट पक्षको बहिस्कारकाबीच नेविसङ्घ जिल्ला अधिवेशन जारी छ । केन्द्रीय प्रतिनिधि नेविसङ्घका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् । 

पार्टीभित्रको समस्या देखाएर नेविसङ्घमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताउनुभयो । सभापति देउवा पक्षधरका नेता र नेविसङ्घका करीब आधाजति प्रतिनिधिले अधिवेशनलाई निरन्तरता दिएका छन् । 

उद्घाटनसत्र आज सकेर मङ्गलबार बन्दसत्रबाट नयाँ नेतृत्व टुङ्ग्याउने नेताहरुको तयारी छ । नेविसङ्घको विधानविपरीत पार्टीले ठाडो हस्तक्षप गरेका कारण समस्या उत्पन्न भएको नेता लीलाबल्लभको भनाइ छ । पार्टी प्रवक्ता राजकुमार ढुङ्गानाले भन्नुभयो– पार्टीले अन्य कुरामा हस्तक्षेप नगरेको तर कारवाही गरिएका नेताहरुलाई आशन र भाषण नदिने अडान लिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन