२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गा नेविसङ्घमा दुई समिति गठन

२०७५, १० माघ बिहीबार १०:४३

माघ १०, ओखलढुङ्गा | नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो । 

सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन्् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेल्नुभएको थियो । 

नेविसङ्घको जिल्ला अधिवेशनका विषयमा आसन र भाषणको विषयलाई लिएर नेताबीच कुटाकुट भएपछि विद्यार्थी पनि विभाजित भएको नेविसङ्घका पूर्वअध्यक्ष विनोद केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेविसङ्घलाई पार्टीले हस्तक्षेपसमेत गर्न मिल्दैनथ्यो तर नेताहरुको रबैया देखाए, जिल्ला समिति नै दुई वटा बनाए ।” गाउँ तथा नगर अधिवेशनमा सहमति गरेर १२औँ जिल्ला अधिवेशनमा जुटेका विद्यार्थीहरु पनि नेताहरुले गुटगत व्यवहार गरेपछि आफ्ना नजीकका नेताहरुका पक्षमा उनीहरु लागेका छन् । 

देउवा पक्षका नेविसङ्घमा रोशन महतारा 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतारा निर्वाचित भएको घोषणा गरेका छन् । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महतारा निर्वाचित भएको घोषणा गरेका हुन् । 

महताराको अध्यक्षतामा २४ सदस्यीय नेविसङ्घ जिल्ला कार्य समिति गठन गरिएको काङ्ग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनबाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भीष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएका छन् । 

पौडेल पक्षका नेविसङ्घमा गोविन्द कोइराला 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोइराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिवेशन गरेर कोइरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् । 

कोइरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुङ्गेल, सहसचिव हरिकुमार लुइँटेल, कोषाध्यक्ष यमुना दाहाल लगायतका १९ सदस्यीय समिति गठन गरेको नेता बालकृष्ण दाहालले जानकारी दिनुभयो । दुवै गुटका नेताहरुले आफ्नो पक्षको समिति वैधानिक र अर्को पक्षको समिति अवैधानिक भनिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा