२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘जनताको कचहरी कार्यक्रम’–कानुन उत्पीडितमैत्रीः मन्त्री यादव

२०७५, २० फाल्गुन सोमबार ०५:४०

राम नारायण पंडित | फागुन २०, सिरहा | प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्र्तगत ‘जनताको कचहरी कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउन लागेको कानुनहरु उत्पीडित समुदायमैत्री हुने दाबी गरे । 

जनतालाई न्याय दिलाउनका लागि जस्तो सूकै शक्तिसँग प्रदेश सरकार लड्न तयार रहेको उल्लेख गर्दै उनले पहिले जस्तो अन्याय र अत्याचार सहेर बस्नुपर्ने अवस्था अहिले नरहेको दाबी गरे । भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी दिदै उहनले बिधेयक पारित भएपछि भुमाफियाहरु पाखा लाग्ने जिकिर गरका छन् । तराई मधेशमा ठुलो समस्याको रुपमा देखिएका दहेजप्रथा, लागुपदार्थ, महिलाहिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकारले विधेयक ल्याउन लागेको उनले स्पष्ट गरे । 


प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्र रुपमा अघि बढाएको बताएका छन् । कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा उपभोगकर्ताकै नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलासा गर्दै महान्यायधिवक्ता झाले अब कसैसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुनिता राम, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, वडा अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस