१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘जनताको कचहरी कार्यक्रम’–कानुन उत्पीडितमैत्रीः मन्त्री यादव

२० फाल्गुन २०७५, सोमबार ०५:४०

राम नारायण पंडित | फागुन २०, सिरहा | प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्र्तगत ‘जनताको कचहरी कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउन लागेको कानुनहरु उत्पीडित समुदायमैत्री हुने दाबी गरे । 

जनतालाई न्याय दिलाउनका लागि जस्तो सूकै शक्तिसँग प्रदेश सरकार लड्न तयार रहेको उल्लेख गर्दै उनले पहिले जस्तो अन्याय र अत्याचार सहेर बस्नुपर्ने अवस्था अहिले नरहेको दाबी गरे । भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी दिदै उहनले बिधेयक पारित भएपछि भुमाफियाहरु पाखा लाग्ने जिकिर गरका छन् । तराई मधेशमा ठुलो समस्याको रुपमा देखिएका दहेजप्रथा, लागुपदार्थ, महिलाहिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकारले विधेयक ल्याउन लागेको उनले स्पष्ट गरे । 


प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्र रुपमा अघि बढाएको बताएका छन् । कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा उपभोगकर्ताकै नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलासा गर्दै महान्यायधिवक्ता झाले अब कसैसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुनिता राम, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, वडा अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट