2026-10-04 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नयाँ वर्षमा बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरुद्वारा शुभकामना सन्देश

वैशाख १, काठमाडौँ (रासस) | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै  सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ । 

प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “नयाँ वर्षको आगमनसँगै मुलुकमा शान्ति, स्थिरता, सुशासनका साथै समद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यतर्फ अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सक्ने छ ।”

त्यसैगरी प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाउनुभएको छ । “प्रदेश सरकार प्रदेश भित्रका राजनीतिक, मानवीय, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको पहिचान र उपयुक्त तरिकाले परिचालन गरी लक्षित दीर्घकालीन सोच “स्वस्थ सुसंस्कृत र सुखी जनता, समाजवाद  उन्मुख समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ । यसका लागि प्रदेशवासी नागरिकहरुको सकारात्मक सोच र रचनात्मक सहयोग, उत्साहजनक सहभागिता र स्वस्थ आलोचनाको अपेक्षा गरेको छु सन्देशमा उल्लेख छ ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण वर्षका रूपमा व्यतित भएको र कानूनी र संरचनागत जग बलियो र  मजबुत भएकाले  समृद्धिका धेरै महत्वपूर्ण इँटाहरु थप्न नयाँ वर्ष २०७६ मा सफल हुनेछौँ भन्ने  प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर