2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

राप्रपा खोटाङले धर्म निरपेक्षताको ब्यानर जलायो

चिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले देशब्यापी जनसंघर्षको धर्ना कार्यक्रम अनुसार दिक्तेलमा धर्म निरपेक्षताको ब्यानर जलाएका हुन् ।

राप्रपाका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठ र १ नम्बर प्रदेश समितिका सह–सचिव ललित कुमार राईको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय हुंदै मालपोत कार्यालय परिक्रमा गरेर शुक्रबार जिल्ला समन्वय समितिको कार्यालय अगाडी धर्म निरपेक्षताको ब्यानर जलाएको राप्रपा खोटाङले जनाएको छ । धर्म निरपेक्षताको ब्यानर जलाउने प्रयास गरेता पनि प्रहरीले खोसेर जलाउन दिएनन् । सरकार समक्ष प्रस्तुत गरिएका २२ बुँदे माग अविलम्ब पुरा गर्न समेत राप्रपाले माग गरेका छन् ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान कार्यक्रम सम्पन्न गरिसकेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई