2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै तरुण दलद्धारा ध्यानाकर्षण

चिसाङ शेर्पा, बैशाख १५,  खोटाङ । वर्तमान सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले जनताको जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र संमृद्धिका लागि काम गर्ने आशा गरिएकोमा यसको उल्टो काम गरेको भन्दै ६ बुंदे माग सहित ज्ञापन पत्र मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना भईसक्दा बलात्कारी र हत्यारा पत्ता नलाग्नु, वर्तमान सरकारको सवै तह र तप्कामा भ्रष्टाचार मौलाउनु, नेपाल वायु सेवा निगमको वाईडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार किनारा नलाग्नु, एनसेलले बुझाउनुपर्ने ७० अर्ब भन्दा बढी राजस्व विभिन्न वहाना गर्दै एनसेलसँग असुलउपर नगरी जनताको समृद्धीको चाहाना माथि कुठाराघात हुनु, राजधानीका जनताको दशकौ देखिको मेलम्चीको खानेपानी अधुरो हुनु, सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण नगरी लालपुर्जा बाड्ने कामको तथ्य प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट हुनुमा सरकारकै भूमिका रहेकाले तत्काल आवश्यक छानबिन गरी दोषिलाई कारवाही र पिडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गरिएको तरुण दल खोटाङका अध्यक्ष भिषण राईले बताए ।

प्रमुख जिल्ला अधिकारी मार्र्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ । साथै, देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अ्रत्याचारको विरुद्ध तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले ह्रल्लाको पछि लाग्नु भन्दा तथ्यपरक माग हुनु राम्रो हुने बताए । यद्यपी, ज्ञापनपत्रमा उल्लेख गरिएका विषयवस्तु मुलुकमा झन् झन् जटिल बन्दै जाँदा प्रजिअले भने तथ्य परकको कुरा गरेका हुन् ।

 त्यसको बचाउँको संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई