2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ: नेता सिटौला

वैशाख  १८, विराटनगर | नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । 

नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि कसैले पनि प्रहार गर्नु राम्रो होइन भन्दै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गर्नुभयो ।

काङ्गे्रसका केन्द्रीय सदस्य अमृत अर्यालले मुलुकको हरेक आन्दोलनलाई उचाइमा पु¥याउन मजदूरको भूमिका अग्रणी छ भन्दै मजदूरको मागलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । 

 नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव ज्योति कोइरालाले उत्पादन र उत्पादकत्व बढाउन मजदूरको माग पूरा हुनुपर्छ भन्नुभयो । प्रदेश नं १ प्रदेशसभा सदस्य एवं काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले असङ्गठित मजदूरको माग सम्बोधन नभइरहेकाले उनीहरु श्रमशोषणको शिकार भइरहेको चर्चा गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले श्रमिक ऐन–२०७४ पारित भए पनि मजदूरका समस्या समाधान हुन नसक्नु दुःख लाग्दो छ भन्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, मजदूर नेता श्रीप्रसाद साह, बेनु सिग्देल र नारायणबाबु कार्कीले पनि राष्ट्रको अर्थतन्त्रका ठूलो भूमिका निर्वाह गर्ने मजदूरको समस्यामा सरकार गम्भीर बन्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई