१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ

२७ बैशाख २०७६, शुक्रबार १०:४४

वैशाख २७, काठमाडौँ  । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ । 

उक्त समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार ढकाल चन्दा आतङ्कमा सक्रिय हुँदै आएका छन् ।

विभिन्न विद्यार्थी सङ्गठनको कार्यक्रममा सहभागी भई निस्कने क्रममा पक्राउ गरिएको हो । यसअघि सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । 

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइएको छ । देशभर गरेर कूल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट