2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

इटहरीका मेयरलाई कारबाही गर्न सांसद गुरुङ र परियारको माग

चिसाङ शेर्पा | जेठ २४, खोटाङ | पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारवाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की दिने, कुटपिट गर्ने, मार्ने के यो कानुनमा छ ? छुट छ ? बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रश्न गर्दै नेपाली कांग्रेसकी सांसद गुरुङले यसलाई फौजदारी अपराध अन्तरगत तत्काल कानुनको दायरामा ल्याउनु पर्ने बताएकी हुन् ।

इटहरीका पत्रकार विराट अनुपमलाई इटहरी उपमहानगरपालिकाको मेयर द्वारिकालाल चौधरीले  चाटुकार पत्रकार भनेपछि अनुपमले त्यो बुझ्न खोज्दा ‘तेरो नाकको हड्डी भाँच्नका लागि १ करोड र एकवटा घडेरी छुट्याएको छु ।’ भनेर धम्की दिने मेयरको प्रस्तुतीप्रती आपत्ती जनाउदै सांसद गुरुङले कारवाहीको माग गरेकी हुन् ।

यस्तै, नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन् । प्रतिनिधिसभा बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो ?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीको मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए ।

‘दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, कांग्रेस सांसद परियारले भनिन् ’अन्यथा राज्य छ भने तत्काल कारबाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुख मार्फत् आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई