2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन निर्माणमा अन्यौलता

असार २०, (३ नं प्रदेश) हेटौंडा । प्रदेश ३ को प्रदेश सभा भवन निर्माणका लागि साढे ४ करोड बजेट विनियोजन भएको छ।  प्रदेश सभा सचिवालयको भवन निर्माण आउँदो आर्थिक बर्ष २०७६–०७७ मा गरिने भएको छ । विभिन्न समस्याका बिचमा निकै साघुरो स्थानमा प्रदेश सभा सञ्चालन हुँदै आएको छ । यो समस्याको समाधान गर्नका लागि आउँदो आर्थिक बर्षका लागि प्रदेश सभा भवन निर्माण गर्न बजेट छुट्याएको छ। 

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलका अनुसार प्रदेश सभा भवन निर्माण गर्नका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। बजेट सार्वजनिक गर्ने क्रममा सो बजेट घोषण भएको थियो । तर, प्रदेश सभाको भवन कहाँ निर्माण हुने भन्ने अझै पनि समस्या छ । प्रदेश ३ को राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन कहाँ निर्माण गर्ने भन्ने टुङ्गो नलागेको हो ।

प्रदेश राजधानिको विषय छिटो टुङ्गो लनाउन सांसदहरुले माग गरिरहेका छन् । तर प्रदेश सभा गठन भएको दुईवर्ष पुग्नै लाग्दा समेत राजधानीको टुङ्गो नलाग्दा सांसदहरु निकै आक्रोसीत भएका छन् । प्रदेश सभा भबन मात्र हैन राजधानी टुङ्गा नलाग्दा प्रदेश सभा संगै अरु मन्त्रालयको भवन निर्माण र प्रदेश स्तरका कार्यालयहरु कहाँ निर्माण गर्ने भन्ने समस्या बडेको छ । अस्थाई रुपमा प्रदेशभाको भवन अहिले सानो तरिकाले थोरे खर्चमा निर्माण गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । साउन लागेपछी यसको निर्माणको काम सुरु गरिने उहाँको भनाइ छ ।

प्रदेश सभामा लाईब्रेरी र ईलाइबे्ररी निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै भिआइपी तथा साधरण पार्किङ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै प्रदेश सभाका समितिहरुको कार्यालय सञ्चालनका लागि एक करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको पनि मन्त्री ढुंगेलले बजेट मार्फतनै सार्वजनिक गर्नुभएको छ ।प्रदेश सभाको व्यारेक निर्माणका लागि ८० लाख रुपैयाँ, सुरक्षा सेल्ट्री पोष्ट निर्माणका लागि ३० लाख रुपैयाँ, सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङको सचिवालय निर्माणका लागि ५८ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ