2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ: मुख्यमन्त्री राई

साउन ६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो | आर्थिक प्रलोभनमा पर्ने कर्मचारीका सूचना आफूलाई प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री राईले निर्देशनको क्रममा कर्मचारीले आजैदेखि आफ्ना व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्नुपर्ने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले नतिजामा आधारित अनुगमनको प्रबन्ध मिलाइने बताउनुभयो ।  कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले यस्तो काम अविलम्ब रोक्न कर्मचारीलाई निर्देशन दिनुभयो ।प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले गएको आर्थिक वर्षमा पूँजीगत खर्च ५८ प्रतिशत भएको जानकारी दिनुुभयो । 

उहाँले कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत प्रगति देखाउने र कार्यालयको प्रगति ५० प्रतिशत पनि हुने कर्मचारीका मूल्याङ्कन सोही आधारमा हुने जानकारी दिनुभयो । उहाँले भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि गर्नु जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई