2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जना रिहा

साउन ९, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार राईको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । नगरप्रमुखविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेर दिक्तेल–हलेसी सडकखण्डको दुर्छिममा चक्काजाम गराउन बसेका वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य निरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुसँगै चक्काजाम गराउन बसेका नेकपाका हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा समिति सचिव धनकुमार भुजेललाई समेत प्रहरीले पक्राउ गरेको थियो । चक्काजाम गराउन बसेका दुई वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको थियो ।

उनीहरु पक्राउ परे पनि आन्दोलनमा सहभागी अन्य दुई वडाध्यक्षसहित स्थानीयवासीले दोस्रो चरणअन्तर्गत च्यस्मिटारमा दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए । नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको आरोपसहित वडाध्यक्षसहित २६ सदस्यले आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले स्थानीयवासीलाई समेत सहभागी गराएर मङ्गलबार नगरप्रमुखविरुद्ध नाराजुलुस गर्दै एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले आर्थिक वर्ष २०७४/७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् ।

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, नगरबाट सञ्चालित योजनालाई आफ्ना कार्यकर्ता लक्षित गरिएकोलगायतका आरोप लगाएका छन् । नगरप्रमुख राईले भने वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताउनुभएको छ । 

नगरप्रमुख इवन राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुहुन्छ । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । दुई वडाध्यक्षसहित छ पक्राउ परेपछि नेकपाको हलेसी नगरसमितिको आकस्मिक बैठकले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको थियो । उनीहरुले विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपमा परेका सबै जनालाई बिनासर्त रिहाइ गर्न माग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई