२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीके राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल

२०७६, २९ श्रावण बुधबार ०१:५९

साउन २९, काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन