2026-10-18 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो कुराको जानकारी दिएका हुन् । 

प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठनको स्वीकृति समेत गरेको छ । प्रदेश लोकसेवा आयोग गठनपश्चात कार्यालय सञ्चालनको लागि   अस्थायी संगठन स्वीकृत गर्दैै सोही अनुसारको दरबन्दी समेत स्वीकृत गरेको हो । जसका लागि १३ जना कर्मचारीको दरबन्दीको स्वकृति समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै संघसंस्था दर्ता ऐन बनेको धेरै भएपनि कार्यान्वयनमा गएको थिएन । यसका लागि बनेको नियमावली स्वीकृत गरिएको छ । यस्तै प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरुको ११ औ तहदेखि कार्यालय सहयोगीसम्मको तलव स्केल केन्द्र सरकारले तोकेको अनुसारनै व्यवस्था गरी स्वीकृत गरिएको छ ।

त्यस्तै बैठकले प्रदेशको वन निर्देशकमा जगदिशप्रसाद गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्यूठान जिल्लाको लुङ्ग्ग्री–माडी सिञ्चाई आयोजनाको लागि अस्थायी दरबन्दी सृजना गरी कार्यालय स्थापना गर्ने भएको छ । जसको लागि कुल ११ जना कर्मचारीको व्यवस्था गरिएको  प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै बैठकले दाङको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अस्थायी कार्यालय बाँके जिल्लामा स्थापना गर्ने निर्णय समेत गरेको छ भने करार सेवामा रहेका प्रदेशका अस्पतालहरुका कर्मचारीहरुको म्याद थप गरेको छ ।

त्यस्तै बैठकले मदरसा शिक्षा कार्याविधि २०७६ समेत स्वीकृत गरेको छ ।  बैठकबाट सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु