2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा

असोज २९, मोरङ | आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । 

जिल्ला  निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं  २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी उम्मेदवार बलिराम  भगतको २०७५ जेठ २४ गते मृत्युको भएको थियो । उक्त स्थानमा हुने उप निर्वाचनमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् । अमाही गाउँपालिका केन्द्र र जनता माध्यमिक विद्यालय मझौवरियाती गरी दुई मतदानस्थलमा पाँच केन्द्र रहने कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताउनुभयो ।

गाउँपालिका भवनमा रहेको मतदानस्थलको दुई केन्द्रमा एक हजार ८३५ र जनता मावि मतदानस्थलको तीन केन्द्रमा दुई हजार ३०७  मतदाताले मतदान गर्ने छन् । साउन १७ गते अगाडि १८ वर्ष पुगेका नेपाली नागरिकले उक्त उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।

उपनिर्वाचनको शान्ति सुरक्षाकालागि आवश्यक्ता अनुसर सशस्त्र र नेपाली प्रहरीको व्यवस्था हुने सूचना अधिकृत अधिकारीले जानकारी दिनुभयो । प्रत्येक मतदान केन्द्रमा न्यूनतम नौदेखि ११ जना कर्मचारी खटाइने भएको छ । उक्त उप निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय निर्वाचन आयोग कार्यालयले तोकेबमोजिम स्थापना हने उहाँको भनाइ छ । मोरङ जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार ९८१, पुरुष तीन लाख ४१ हजार ४१२ र तेश्रो लिङ्गी दुई जना गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता रहेका छन् ।

प्रदेश नं १ अन्तर्गतको पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष र फिदिम नगरपालिकाको वडा नं १ र ७ का वडाध्यक्ष, मोरङको धनपालथान गाउँपलिकाको वडा नं २ का वडाध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र वडा नं ७ का वडाध्यक्षको उपनिर्वाचन हुँदैछ ।

यसैगरी सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी गाउँपालिका–३ को वडाध्यक्ष, खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र  भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष गरी  छ जिल्लाका १० विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचनको विषय लिएर मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहल पहल शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई