2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्माणमा जुटिरहेको छः कावा प्रधानमन्त्री पोखरेल

कात्तिक ८, बिराटनगर | कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  मोरङ जिल्ला कार्य समितिद्वारा आज यहाँ आयोजित शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष आधार वर्ष भएको र अब सरकार देश र जनताका सेवामा लागिपर्ने बताउनुभयो ।

आधार वर्षमै ३८० कानून निर्माण भइसकेको जानकारी दिँदै उहाँले यसपछि दिइने सेवाका लागि कानूनको संरचना निर्माण भइरहेको धारणा व्यक्त गर्नुभयो  । “सरकारले  भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बाटोतर्फ अग्रसर छ,” कावा प्रधानमन्त्री पोखरेलले भन्नुभयो,  “सरकारले जलविद्युत्, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरणतर्फ कदम चालिसकेको छ ।”

माथिको तश्विर: कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङद्वारा शुक्रबार आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुन विराटनगर आउँदा विमानस्थलमा । तस्बिरः मनोज दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय  सदस्यसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुईवटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ भन्दै पार्टीको  स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताका आधारमा एकता भएको हो भन्नुभयो । उहाँले महान् एवं ऐतिहासिक यो एकताले नेपाली जनताको भविष्य उज्ज्वल पार्नेमा पनि जोड दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो । विचार, सङ्गठन, भावना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै उहाँले  पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढाएको छ भन्नुभयो । 

माथिको तश्वीरमा: कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङद्वारा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुन विराटनगर आउँदा विमानस्थलमा सञ्चारकर्मीसँग मुलुकको समसामयिक विषयमा कुरा गर्दै । साथमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । तस्वीरः मनोज दाहाल

चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै अध्यक्ष दाहालले आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गर्नुभयो । उहाँले  नेताहरुलाई फुटाउन चलखेल नभएका होइनन् भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनुपर्ने र समाजवादका आधारमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । 

उहाँले जीत र हारको अवस्था के हुन्छ भन्ने विगतका दिनलाई सम्झन आग्रह गर्दै पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भन्नुभयो । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निष्काशन गर्ने गरेको इतिहास कोट्याउँदै अध्यक्ष दाहालले  विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  प्रदेश सरकारले जनताको सुख र खुशीका लागि घरदैलोसम्म पुर्याउन दत्तचित भएर काम गरिरहेको छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं १ इन्चार्ज भीम आचार्यले सङ्घीयता विकासको आधार भएकाले कम्युनिष्ट एक भएर अघि बढ्नुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई