१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

२८ पुष २०७६, सोमबार ०७:४५

पुस २८, डोटी | दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ।

हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ। प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत स्थायी पदपूर्ति गर्न पत्राचारसहित पहल गरिरहेको बुझिएको छ। जिल्लाका नौ स्थानीय तहमध्ये बडिकेदार र आदर्श गाउँपालिकाबाहेक सबै स्थानीय तहमा निमित्तको भरमा काम हुँदै आएको छ।

डोटीका स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिकामा शाखा अधिकृत खेमराज गुरुङ, शिखर नगरपालिकामा शाखा अधिकृत धर्मराज विनाडी, पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, केआई सिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायत, वोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार र जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खत्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेका छन्।

नयाँ संघीय संरचनामा जिल्लास्थित विषयगत कार्यालयको अधिकार र जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ। समायोजनका कारण स्थानीय तहका विषयगत शाखामा कर्मचारीको अभाव र विषयगत शाखाको प्रमुखलाई स्थानीय तहको प्रमुखको जिम्मेवारी दिँदा विषयगत शाखाको कार्यक्रम गुणस्तरहीन भएको भन्ने स्थानीय सेवाग्राहीको जनगुनासो आएको थियो।

नयाँ संरचनामा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तर र गाउँपालिकामा शाखा अधिकृतस्तरको हुनुपर्ने व्यवस्था रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण