२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

२०७६, २८ पुष सोमबार ०७:४५

पुस २८, डोटी | दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ।

हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ। प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत स्थायी पदपूर्ति गर्न पत्राचारसहित पहल गरिरहेको बुझिएको छ। जिल्लाका नौ स्थानीय तहमध्ये बडिकेदार र आदर्श गाउँपालिकाबाहेक सबै स्थानीय तहमा निमित्तको भरमा काम हुँदै आएको छ।

डोटीका स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिकामा शाखा अधिकृत खेमराज गुरुङ, शिखर नगरपालिकामा शाखा अधिकृत धर्मराज विनाडी, पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, केआई सिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायत, वोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार र जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खत्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेका छन्।

नयाँ संघीय संरचनामा जिल्लास्थित विषयगत कार्यालयको अधिकार र जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ। समायोजनका कारण स्थानीय तहका विषयगत शाखामा कर्मचारीको अभाव र विषयगत शाखाको प्रमुखलाई स्थानीय तहको प्रमुखको जिम्मेवारी दिँदा विषयगत शाखाको कार्यक्रम गुणस्तरहीन भएको भन्ने स्थानीय सेवाग्राहीको जनगुनासो आएको थियो।

नयाँ संरचनामा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तर र गाउँपालिकामा शाखा अधिकृतस्तरको हुनुपर्ने व्यवस्था रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण