2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अनुशासित भई लकडाउन पालना गर्न मुख्यमन्त्री राईको अपील

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको जानकारी दिनु भयो । सो प्रयोगशालाको शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री राईले भन्नुभयो, “र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुआत गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाको परीक्षण आजबाटै शुरु भएको छ ।”

केही दिनभित्रै झण्डै छ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । शुक्रबारसम्म १८० को ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ भने १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्री सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताउनुभएको छ । 

प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा ६०८ बसेका छन् भने होम क्वारेन्टाइनमा तीन हजार २९५ बसेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा रु १२ करोड ८७ लाख ६६ हजार जम्मा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु ५० लाख प्रदान गर्ने निर्णय पनि भएको छ । 

प्रदेश नं १ मा सरकारले लकडाउनलाई कडाइसाथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । आज बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको छ । 

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शङ्कर अधिकारीको संयोजकत्वमा सात सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पङ्कज खतिवडा, डा शैलेशमणि पोखरेल, डा सूर्य पराजुलीलगायत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई