2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

२०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री कार्की

जेठ ३२, विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल’ विषयक शनिबार आयोजित अन्तक्र्रियामा उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेको रु १७ देखि १८ करोड खर्चको विवरण चाँडै सार्वजनिक गर्ने बताउनुभयो । त्यसभन्दा अगाडि उच्च राजनीतिक तहको सम्पत्ति र भूकम्पमा भएको खर्चको विवरणसमेत सार्वजनिक गर्न दबाब दिनका लागि ‘सुशासनका लागि युवा अभियान’लाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले स्वास्थ्यकर्मीको विज्ञहरुको टोलीको सुझावअनुसार काम भइरहेको उल्लेख गर्दै सरकारले आगामी दिनमा ४० हजार बढीको स्वाब (पिसीआर) परीक्षण गर्ने जानकारी दिनुभयो । मन्त्री कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको जिकिर गर्दै स्थानीयस्तरमा निर्माण गरिएका मापदण्डविपरीतका क्वारेन्टिन बन्द गरिने जानकारी दिनुभयो ।

 नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको कार्य अन्य प्रदेशको तुलनामा प्रभावकारी देखिएको भन्दै उहाँले सरकारको हिसाबकिताब खोज्ने युवाले घरका अभिभावकको पनि हिसाबकिताब खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे र जनता समाजवादी पार्टी मोरङका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउने बढेसँगै बनाइएका होल्डिङ सेन्टर व्यवस्थित नहुँदा सेन्टरमा राखिएका भाग्न थालेकाले व्यवस्थित गर्न माग गर्नुभयो । 

युवा अभियानकर्मी दिपेश धिमाल र अभिशेष भट्टराईले युवाहरुले सरकारलाई निरन्तर खबरदारी गरिरहने बताउनुभयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा सञ्जीव शर्मा र पब्लिक स्वास्थ्यविज्ञ डा दीपक यादवले देशभर २१ स्थानमा पिसीआर परीक्षण हुने भए पनि सबैको पिसीआर गर्न सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको पिसीआर परीक्षण गर्न आवश्यक पनि छैन ।”

 नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल र प्रेस सङ्गठन मोरङका संयोजक सुदीप कोइरालाले कोभिड–१९ प्रति जनतालाई सचेतना जगाउने कार्यमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई