2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहजिल्ला आएसँगै सांसद किराँती क्वारेन्टिनमा

असार ८, भोजपुर | भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बस्नुभएको छ । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभएको हो । 

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु ।” मानिसमा पहँुचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताउनुभयो ।

“हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु”, सांसद किराँतीले भन्नुभयो ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताउनुभयो । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ । सांसद किराँतीले भन्नुभयो, “काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।”

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आउनुभएको हो । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उहाँको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उहाँले जानकारी दिनुभयो । 

‘तल्लोस्तरका मानिसलाई मात्र क्वारेन्टिनमा बस्न बाध्य पारिन्छ भन्ने खालको स्थानीयवासीबाट गुनासो आउने गरेको छ, तर म आफैँ क्वारेन्टिनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ, सबै उच्च तहका मानिसले सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने थियो, यसले एक प्रकारको औषधि कै काम गर्न सक्छ, स्थानीयवासीलाई अहिले कोरोनासँग लड्न हौसलाको पनि खाँचो छ”, सांसद किराँतीले भन्नुभयो ।

विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेको सङ्ख्या वृद्धि भइरहँदा पँहुच र शक्तिको आडमा क्वारेन्टिनमा नबस्ने धेरै छन् तर सांसद नै सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै क्वारेन्टिनमा बसेपछि स्थानीयवासी खुसी भएका छन् । यसले अन्य मानिसमा समेत सकारात्मक सन्देश जाने स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई