2026-07-09 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मुख्यमन्त्री पौडेलद्वारा पूर्वी मकवानपुरको अनुगमन

असार ९, हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वी मकवानपुरमा रहेका महत्वपूर्ण परियोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार पूर्र्वी मकवानपुरको बकैया तथा वाग्मती गाउँपालिका पुग्नुभएका मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै छिमेकी जिल्ला सिन्धुलीलाई मकवानपुरसँग जोड्ने मदन भण्डारी राजमार्ग (धरान–चतारा)अन्तर्गत वाग्मती नदीमा निर्माणाधीन पुलको अवलोकन गर्नुभएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विगतमा पुल निर्माणको काम सन्तोषजनक नभएको भए पनि हाल भएको कामले आशा जगाएको बताउनुभयो । उहाँले अझै सोचेअनुसारको काम भने हुन नसकेको उल्लेख गर्नुभयो । पौडेलले प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौँडासँग जोड्न धरान–चतरा सडकखण्डअन्तर्गतको उक्त पुल महत्वपूर्ण हुने बताउनुभयो । पुल निर्माणपछि प्रदेश राजधानी हेटौँडासँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालसँग सहजरूपमा जोड्न सकिने उहाँको भनाइ थियो ।

पूर्वपश्चिम राजमार्गमा भइरहेको सवारी चापलाई घटाउने र विभिन्न कारणले हुने अवरोधको विकल्पसमेत हुने भएकाले हेटौँडा–धरान सडक महत्वपूर्ण मानिएको छ । तीन सय १८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौँडासँग जोड्छ । हाल हेटौँडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतिमा चलिरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो