साउन ९, काठमाडौं | व्यवस्थापिका संसदमा आज सरकार माथि अविश्वासको प्रस्तावमा मतदान हुने भएको छ । संसदहरुको बहुमतले प्रधानमन्त्रीमा निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव भारी बहुमतले पारित हुने संकेत देखाएको छ ।
एमाले, कांग्रेस र मधेशबादीहरुको विपक्षमा रहेको सरकारलाई अब सत्तासाझेदारहरु मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले समेत बिपक्षी बनाइदिएपछी एमाले अहिले एक्लिएको छ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा प्रचण्डले पेस गरेको सरकार बिरुद्धको अविश्वासको प्रस्तावको पक्षमा झन्डै ३ सय ७० संसदले मतदान गर्ने नेताहरुले दावी गरेका छन् ।
संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीले जनाएको छ । सनिबार विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी अविस्वासको प्रस्तावको पक्षधरलाई थप बल पुगेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै फोरम लोकतान्त्रिकले पनि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय पनि गरेको हो ।
आज संसद बैठक सुचारु भएपछि प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नहरुको उत्तर दिनेछन् । साथै अविश्वासको प्रस्ताव फिर्ता नभएमा मतदान हुने व्यवस्था छ । यो अवस्थामा मतदान हुनु अगावै प्रधानमन्त्रीले राजीनामा वा पदभार छाड्न सक्नेछन | यदी त्यसो नगरेपनि ओली अल्पमतमा रहेका कारण अविश्वासको प्रस्ताव पारित हुने निश्चितजस्तै छ । व्यवस्थापिका संसदको बैठक आज ११ बजे बस्दैछ।