संसद् छलफल जारी, ‘केन्द्रीय कार्यभार संविधान कार्यान्वयन,’ 

साउन ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संसद् छलफल जारी, ‘केन्द्रीय कार्यभार संविधान कार्यान्वयन,’ 

साउन ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सह"/>

२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

संसद् छलफल जारी, ‘केन्द्रीय कार्यभार संविधान कार्यान्वयन,’

२०७३, ९ श्रावण आईतवार ०३:१८


साउन ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य दलका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्तावमा छलफल जारी छ । 

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी काँग्रेस, सत्तारुढ नेकपा (एमाले) र माओवादी केन्द्रका नेताले सदनमा प्रतिनिधित्व गरेका राजनीतिक दलको केन्द्रीय कार्यभार संविधान कार्यान्वयन नै भएको बताउनुभयो । 

काँग्रेसका कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठनमा कानुनी जटिलता नभएकाले भ्रमबाट मुक्त भएर संसदीय अभ्यासमा लाग्नुपर्ने बताउनुभयो । जनताद्वारा निर्मित सर्वोच्च निकाय संसद्भन्दा माथि कोही नभएको बताउँदै उहाँले मुलुक र संविधानका निम्ति नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो । अल्पमतमा परेको सरकार प्रमुखले राजीनामा गर्नुपथ्र्यो तर त्यसो नभएकाले अब फेरि ‘बखेडा झिकेर सत्ता लम्ब्याउने प्रयास हुनु’लाई प्रजातान्त्रिक मान्न नसकिने उहाँले तर्क गर्नुभयो । 

प्रधानमन्त्री ओली नेतृत्वको सरकार संविधान कार्यान्वयनमा उदासीन भएकाले उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुपरेको स्पष्टीकरण दिँदै उहाँले अब बन्ने सरकारको मूल दायित्व पनि संविधान कार्यान्वयन नै हुने बताउनुभयो । राष्ट्रिय राजनीतिमा सहमति कायम गरेर मुलुकलाई दिगो शान्ति र विकासको बाटामा अघि बढाउने गुरुत्तर दायित्व सबै राजनीतिक दलमा भएकाले सबै पक्ष मिलेर राष्ट्र र जनताप्रति जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । 

एमालेका झलनाथ खनालले सरल र स्वाभाविक ढङ्गबाट सरकार परिवर्तन हुनुपर्ने मान्यतामा आफ्नो पार्टी रहेको बताउँदै अविश्वासको प्रस्तावले देशलाई अस्थिरतातर्फ उन्मुख गराउने चिन्ता व्यक्त गर्नुभयो । “सदनमा बहुमत हुनेले सरकार सञ्चालन गर्छ, अल्पमतमा परेपछि छाड्नुपर्छ” उहाँको तर्क थियो । 

मुलुकले राष्ट्रिय सहमतिको अपेक्षा गरिरहेको छ, २०७४ माघ ७ गतेभित्र पाँच निर्वाचन गर्नुपर्ने गहन दायित्व भएकाले देशका सबै राजनीतिक दल मिलेर चुनाव गर्नु छ भन्दै उहाँले अविश्वासको खाडल गहिरो पारेर नभई त्यसलाई पुरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

राजनीतिक दलमा लोकतान्त्रिक संस्कृति विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले संयुक्त सरकार सञ्चालनको संस्कृति विकास गर्न आह्वान गर्नुभयो । विसं २०५० यता एकमना सरकार गठन हुन नसकेको र संयुक्त सरकारको मुख्य साझेदारले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने कुसंस्कृतिको अन्त्य हुनुपर्नेमा उहाँको चिन्ता र चासो थियो । 

माओवादी केन्द्रकी रेखा शर्माले पटक पटक भएका आन्दोलनका उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको अवस्थामा तिनलाई पूर्ण कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री ओली उदासीन भएकाले अविश्वासको प्रस्ताव पेस गर्नुपरेको बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माण, नवनिर्माण, शान्ति प्रक्रियासम्बन्धी सबै काम पूरा गर्ने कार्यभार र सङ्घीयताको कार्यान्वयनमा प्रगति नभएकाले सरकारबाट बाहिरिएर अविश्वासको प्रस्ताव प्रस्तुत गर्नुपरेको उहाँले बताउनुभयो । 

सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले मधेसमा दमन बढेपछि बाध्य भएर भारतसँगको सीमा नाकामा धर्ना बसेको र आन्दोलनको स्वरुप परिवर्तन गर्दै आफूहरू राजधानी आएकाले नाकाबन्दी सरकारले नभई आफूहरूकै कारणले खोलेको बताउनुभयो । 

मधेसी, आदिवासी, जनजाति, दलित, शिल्पी सीमान्तकृत वर्गको हितमा संविधान नआएकाले त्यसको विरोध गरिएको भन्दै उहाँले तराईवासीप्रति दमन गरेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत हुनु सामान्य भएको बताउनुभयो । 

उहाँले ओली सरकारले राष्ट्रिय एकतालाई खल्बल्याएको आरोप पनि लगाउनुभयो । अविश्वासको प्रस्तावमा छलफल जारी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु