2026-07-10 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेशमा १२७ योजनाको काम भइरहेको छ : मन्त्री फुयाँल

साउन २२, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै मन्त्री फुयाँलले अगामी दुई महिनाभित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनुभयो । मन्त्री फुयाँलले ३५ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७७/७८ मा पुलबाहेक ४० आयोजना सम्पन्न हुने बताउनुभयो । 

विभिन्न योजनाको अनुगमनका क्रममा चितवन पुग्नुभएका मन्त्री फुयाँलले राप्ती नगरपालिकाको वडा नं ७ र ८ का किसानको खेतबारीे  सिँचाइका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गर्नुभयो । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयाँलले जनताको समस्या समाधानका लागि सरकारले जनतासँग नै मिलेर काम गर्ने बताउनुभयो । उहाँले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री फुयाँलले नारायणी खगेरी लिफ्ट सिँचाइ, हरिपुरमा गत महिना भाचिएर पुनःनिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दिर तथा सुकुम्वासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माणस्थल, हरियाली उद्यानसहितको केरुङ्गा घोलको  बाँध निर्माणस्थल, नारायणी नदीस्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधीन उद्यानलगायत आठ योजनाको अनुगमन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो