साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

का"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको संरचना व्यावहारिक बनाउन जोड

११ श्रावण २०७३, मंगलवार ०३:२०

साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्तावअनुसार निर्धारण गरिएको गाविसको सङ्ख्या व्यावहारिक नभएको निष्कर्ष निकालेको हो । 

संविधानले गाउँपालिकालाई महत्वपूर्ण अधिकार दिएको परिस्थितिमा गाविसलाई स्रोतसाधन र जनशक्तिले सम्पन्न बनाउनुपर्ने पार्टीको निष्कर्ष रहेको छलफलमा सहभागी नेता बालकृष्ण खाणले जानकारी दिए । 

बैठकमा गाविसको क्षेत्रफल ठूलो हुँदा जनतालाई सेवा लिन लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हुने भएकाले यसमा पुनःविचार गर्नुपर्ने बारेमा छलफल भएको थियो । पार्टीले स्थानीय निकायको सङ्ख्या, भूगोल र जनसङ्ख्याबीच समन्वय हुने गरी व्यावहारिक बनाउनुपर्ने धारणा बनाएको र त्यस बारेमा अन्य सरोकार भएका निकायसँग पनि छलफल गरिने नेता खाणले  बताए । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, महेश आचार्य लगायत सहभागी भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ