साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जाना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जाना"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी र पहिराका कारण जनधनको क्षति भएको घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

११ श्रावण २०७३, मंगलवार ०३:४९

साउन ११, काठमाडौँ । नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

केही दिनको लगातार वर्षापछिको बाढी र पहिरामा परी कैयौँको ज्यान जानाका साथै हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुनुपरेको घटनाप्रति काँग्रेसले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ । 

काँग्रेसले उक्त घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडितका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै पार्टीले बेपत्ताको तत्काल खोजी गर्न र विपत्मा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारलगायत सम्बन्धित सबै पक्षसँग माग गरेको छ । 

त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्ति जारी गरी बाढी र पहिराबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उनले पार्टीका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारको उद्धार र राहतमा आवश्यक सहयोग पुर्याउन आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ