2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल

असोज ३०, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुने बताउनुभयो ।

“लामो समयपश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ । संविधान निर्माणसँंगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पौडेलले प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि क्रियाशिल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो । पौडेलले कर्तव्य पूरा गर्ने सिलसिलामा अमर हुनुभएका सहीदप्रति श्रदाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानको स्मरण गर्नुभयो ।

शान्त एवम् निर्भिक वातावरणमा मात्र समृद्धिले गति लिन सक्ने उल्लेख गर्दै अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आँफैमा प्रशंसनीय उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले विषम् परिस्थितिमा समेत प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता