साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

सहमतिको सरकार बन्ने सम्भावना न्यून

२०७३, १५ श्रावण शनिबार ०३:४३

साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । 

गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधारणसभा एवम् आठौँ अधिवेशनका क्रममा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको बताउँदै भने, “प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ ।” 

नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गरे । 

उनले गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गरे मात्र त्यहाँको विकास गर्न सकिने स्पष्ट पारे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले अहिले मुलुकमा भएको परिवर्तनमा गोरखाको गुणात्मक भूमिका रहेको बताए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्रेष्ठले नेपालको संस्कृति र इतिहासको गौरवशाली भूमि गोरखा रहेकाले यसको प्रचारप्रसार गर्नु जरुरी छ  भने । 

केन्द्रका अध्यक्ष भाष्करकुमार श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, नेकपा एमालेका नेता वाचस्पति देवकोटा, राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटालगायतले धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको गोरखाको विकासका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । 

केन्द्रले नेपालको संस्कृति र इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्कृतिविद् डा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र पत्रकार सुशील अर्याललाई सम्मान गरेको थियो । 

गोरखामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाउँदै आएका व्यक्तिको पहलमा २०५२ सालमा केन्द्रको स्थापना भएको थियो । केन्द्रले गोरखाली दाजुभाइ दिदीबहिनीबीच भाइचाराको सम्बन्ध स्थापित गर्नाका साथै गोरखाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण