साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर"/>
२०८२, १५ फाल्गुन शुक्रबार
काठमाडौँ - KTM

मधेसी मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

२०७३, १५ श्रावण शनिबार ०४:०३

साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ । 

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकबारे जानकारी गराउँदै काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन तीन गरी नौ जनाको समिति गठन गरिएको जानकारी दिए । समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाइने छ । 

“नयाँ प्रधानमन्त्रीको निर्वाचनमा मधेसी मोर्चाको समर्थन जुटाउन आज छलफलको आयोजना गरिएको हो, खासगरी काँग्रेस र माओवादी गठबन्धनबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामा केन्द्रित भएर छलफल भयो”,उनले भने । सातबुँदे सहमतिको पहिलो बुँदामा मधेसी समुदायको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न सकिने उल्लेख छ । 

छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएका खण्डमा मात्र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आफूहरुले मतदान गर्ने अडान लिएको नेता निधिले जानकारी दिनुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा सरकारमा जाने वा नजाने भन्नेबारे प्रश्न उठेकै छैन भने । 

सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आइतबार सकिँदै छ । बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता महेश आचार्य, माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेताहरुको सहभागीता  रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा