साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड

१५ श्रावण २०७३, शनिबार ०५:५८


साउन १५, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताएका छन् । 

पे्रसिडेन्टियल बिजिनेस स्कुलले आज आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति पुनले स्वदेशमा अध्ययन सकेका जनशक्तिले आफ्नो डिग्रीलाई थन्काएर खाडी मुलुकमा जान बाध्य रहेको अहिलेका अवस्थामा समयसापेक्ष उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए । 

उनले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिलाई स्वदेशमा उपयोग गर्नुपर्ने बताउँदै देशभित्र केही गर्छु भन्ने जनशक्तिलाई राज्यले संरक्षण गर्नुपर्छ भने । 

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले देशमा व्यवस्थापनको अभावले विकासनिर्माणका काम अगााडि बढ्न नसकेको बताए । 

स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले स्वदेशमा अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।  निर्देशक कल्पना गुरुङले उच्च शिक्षालाई सहज, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन सरकारले नीतिगत तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । 

स्कुलका विद्यार्थी अनुज श्रेष्ठ, नीलम केसी, केकी अधिकारी, कल्याण अधिकारी र सन्जोग राईले विद्यालयका गतिविधि तथा सिकेका अनुभव सुनाएका थिए । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’