साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ: पूर्वअध्यक्ष रेग्मी

१५ श्रावण २०७३, शनिबार ०६:३८

साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन् । 

गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने–“त्यसका लागि हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ ।” 

परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डो¥याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भने । 

सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उनले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह  गरे । 

उनले भने-“सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ ।” 

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले फरक राजनीतिक सिद्धान्त, आस्था र भूमिका रहे पनि आत्मनिर्भर, स्वाधीनता र मुलुकको सार्वभौमको रक्षाका लागि सबै राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक रहेको वताए । 

उनले भने– “अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा विश्वमै मेहनती र इमान्दारीको पहिचान बोकेका नेपाली अब कदापि गरिब हुन सक्दैन, हाम्रा हिमाल र जलस्रोतको समुचित उपयोग गर्न आवश्यक छ ।” 

सांसद कमल पङ्गेनीले प्रजातन्त्रलाई सुसंस्कृत तुल्याउन तथा अनतामा अधिकार पु¥याउने सन्दर्भमा विगतमा भएका आन्दोलनमा कालीगण्डकी क्षेत्रका जनताले निकै ठूलो योगदान पु¥याएको धारणा व्यक्त गरे । 

पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि खर्चनु परेको इतिहासको चर्चा गर्दै अब हाम्रो प्राथमिकता आर्थिक समृद्धि र अग्रगमन नै हुनुपर्छ भने । 

गाउँ सेवा परिवार बिर्घा स्याङ्जाका अध्यक्ष खड्गबहादुर राना, महासचिव डा धनबहादुर रानामगर, पूर्वसचिव एवम् संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेय, स्थानीय शिक्षासेवी खगराज पाण्डेय, नेपाली काँग्रेसकी नेत्री सरस्वती तिवारीलगायतले मुलुकको राजनीतिक तथा निजामती प्रशासन सेवामा बिर्घाको ठूलो योगदान रहेको बताए । 

सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘कालीगण्डकी’ नामक स्मारिक पूर्वअध्यक्ष रेग्मीले लोकापर्ण गरे । राजेन्द्रप्रसाद पाण्डे सम्पादक रहनुभएको उक्त स्मारिकामा समग्र कालीगण्डकी क्षेत्रको महत्व, परिचयका साथै शिक्षा, लोकतन्त्र, आयुर्वेदिक उपचारलगायत लोकसेवाको तयारीका लागि उपयोगी हुने ज्ञानमञ्चसमेत समेटिएको छ । 

स्याङ्जाको बिर्घामा जन्मथलो भई राजधानीमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका समाजसेवी एवम् जुझारु युवाले स्थापना गरेको उक्त संस्थाले बिर्घा क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’