साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ: पूर्वअध्यक्ष रेग्मी

२०७३, १५ श्रावण शनिबार ०६:३८

साउन १५, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्बोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन् । 

गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने–“त्यसका लागि हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ ।” 

परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डो¥याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भने । 

सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उनले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह  गरे । 

उनले भने-“सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ ।” 

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले फरक राजनीतिक सिद्धान्त, आस्था र भूमिका रहे पनि आत्मनिर्भर, स्वाधीनता र मुलुकको सार्वभौमको रक्षाका लागि सबै राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक रहेको वताए । 

उनले भने– “अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा विश्वमै मेहनती र इमान्दारीको पहिचान बोकेका नेपाली अब कदापि गरिब हुन सक्दैन, हाम्रा हिमाल र जलस्रोतको समुचित उपयोग गर्न आवश्यक छ ।” 

सांसद कमल पङ्गेनीले प्रजातन्त्रलाई सुसंस्कृत तुल्याउन तथा अनतामा अधिकार पु¥याउने सन्दर्भमा विगतमा भएका आन्दोलनमा कालीगण्डकी क्षेत्रका जनताले निकै ठूलो योगदान पु¥याएको धारणा व्यक्त गरे । 

पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि खर्चनु परेको इतिहासको चर्चा गर्दै अब हाम्रो प्राथमिकता आर्थिक समृद्धि र अग्रगमन नै हुनुपर्छ भने । 

गाउँ सेवा परिवार बिर्घा स्याङ्जाका अध्यक्ष खड्गबहादुर राना, महासचिव डा धनबहादुर रानामगर, पूर्वसचिव एवम् संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेय, स्थानीय शिक्षासेवी खगराज पाण्डेय, नेपाली काँग्रेसकी नेत्री सरस्वती तिवारीलगायतले मुलुकको राजनीतिक तथा निजामती प्रशासन सेवामा बिर्घाको ठूलो योगदान रहेको बताए । 

सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘कालीगण्डकी’ नामक स्मारिक पूर्वअध्यक्ष रेग्मीले लोकापर्ण गरे । राजेन्द्रप्रसाद पाण्डे सम्पादक रहनुभएको उक्त स्मारिकामा समग्र कालीगण्डकी क्षेत्रको महत्व, परिचयका साथै शिक्षा, लोकतन्त्र, आयुर्वेदिक उपचारलगायत लोकसेवाको तयारीका लागि उपयोगी हुने ज्ञानमञ्चसमेत समेटिएको छ । 

स्याङ्जाको बिर्घामा जन्मथलो भई राजधानीमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका समाजसेवी एवम् जुझारु युवाले स्थापना गरेको उक्त संस्थाले बिर्घा क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण