पुस ५, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारबाही गर्ने निर्णय गरेको छ | ओली बिरुद्ध कारबाहीका लागि केन्द्रिय कमिटि बैठकमा प्रस्ताव लैजाने निर्णय भएको हो |
केन्द्रिय कमिटिको बैठक पुस सात गते काठमाडौँमा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए | पूर्व निर्धारित समय अनुसार नेकपाको स्थायी कमिटि बैठक आइतबार बालुवाटरमा बसेको हो | स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् |
सरकारले आज संसद विघटन गरी बैशाख १७ र २७ मा आम निर्वाचनको मिति तोकेको छ |