पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले विस्तार गरेको केन्द्रिय कमिटीको जिम्मेवारी दिएका केहि नेतारुले अस्वीकार गरेका छन् । ओलीले मंगलबार ११ सय ९९ सय सदस्यी केन्द्रिय समितिको सिस्तार गरेका थिए।
यसअघि नेकपमा ४४६ जना केन्द्रिय कमिटीमा थिए । ओलीले विस्तार गरेको केन्द्रिय कमिटीमा २१ जना नेताहरुले बस्न अस्विकार गरेका छन् । नेकपा दुई भागमा विभाजन भएसंगै ओलीले आफू निकट नेताहरुलाई राखेर नयाँ केन्द्रिय समिति बनाएका थिए ।
प्रचण्ड-माधव नेपाल समुहले अध्यक्ष ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने,ओली पक्षले प्रवक्ता नारायणीकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै प्रचण्ड पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ मा मध्यावधिक आम निर्वाचनको घोषणा गरेकी थिइन्। संसद विघटन पछि दुई भागमा विभाजन भएको नेकपा लगभग फुटको चरणमा पुगिसकेको छ।
ओली पक्षले आफूलाइ आधिकारिक नेकपा दाबि गर्दै आएको छ भने,प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक नेकपा बताउंदै आएका छन् ।
१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२) गोपाल बुढाथोकी, झापा
३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७) बृहस्पति अधिकारी – नवलपरासी
८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०) टीकाराम खडका – दाङ, अध्यक्ष
११) नेत्र पन्थी – रुपन्देही
१२) नन्दकिशोर ढकाल – रुपन्देही
१३) देवी बस्याल – पाल्पा
१४) अशोक शाही
१५) कमल श्रेष्ठ – पाल्पा
१६) यज्ञ वोगटि – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८) भैरे कामी - अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी
२१) उषाकला राई – प्रदेश सभा १ सदस्य