पुस १०, काठमाडौं । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड- माधव समूहका संसदहरुले उनी बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।